बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हक्कीमा रमनको ह्याट्रिकसँगै पुलिस विजयी

सोमबार, ०२ वैशाख २०७६, २० : ५३
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं । रमनको ह्याट्रिक मद्दतमा नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ । 

सोमवार मंगल माविमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । 

खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । 

ह्याट्रिक गरेलगत्तै ४७औं मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पु¥याएका हुन् । 

यसैगरी टिमका लागि खेलको ३८औं मिनेटमा योगेश कुमार बालझारे र ५३औं मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।

समूह ए मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । 

सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसंगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ । 

समूह ए को विजेता पुलिसले समूह बी को उपविजेता सुदूरपश्चिम प्रदेशसँग तथा समूह बी को विजेता प्रदेश ५ ले आर्मीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप