मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलः मुम्बईका हार्दिक पान्ड्या चम्किएपछि बेंगलोर ५ विकेटले पराजित

मङ्गलबार, ०३ वैशाख २०७६, ०६ : ५५
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौँ –इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा एक ओभरमा बाँकी छदै लक्ष्य भेटायो ।

मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । पान्ड्याले १९ औं ओभरमा २ छक्का र २ चौका सहित २२ रन जोड्दैपछि एक ओभर अगाबै मुम्बइले खेल आफ्नो कब्जामा पर्यो । हार्दिक १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३७ रनमा नटआउट रहे ।
 
यस्तै मुम्बई ओपनर क्विन्टन डी ककले ४०, कप्तान रोहित शर्माले २८, ईशान किशानले २१ र क्रुनाल पान्ड्या ११ रन बनाएका थिए । रोहित डी ककले पहिलो विकेटका लागि ७‍.१ ओभरभित्र ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ८ औं ओभरको पहिलो बलमै मोईन अलीले रोहितलाई बोल्ड आउट गरे । त्यसको तीनबलपछि डी ककलाई अलीले नै एलवी डब्लू आउट गराएका थिए ।

 बेंगलोरका लागि मोईन अलीले र युजवेन्द्र चाहलले समान दुई तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।

त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ‌। बेंगलोरका लागि एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रनमा रन आउट भए ।

त्यस्तै मोइन अली ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा क्याच आउट भए । अलीलाई लाथिस मलिङ्गाले १८ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याबाट क्याच आउट गराए । अली र डी भिलियर्सले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै बेंगलोरको इनिङ्स उकासे । बेंगलोरका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

तेस्रो ओभरको पहिलो बलमा जोसन बेहरनडोफले किकेटकीपर क्विन्टन डी ककबाट क्याच आउट गर्नु अघि कप्तान विराट कोहलीले ८ रन बनाए । मुम्बईका लागि लाथिस मलिङ्गाले ४ र हार्दिक पान्ड्या र जोसन बेहरनडोफले समान समान १ विकेट हात परे ।

यो जितसँगै मुम्बई ८ खेलमा ५ मा जित र ३ मा हारका साथ तेस्रो स्थानमा रहेको छ । बेंगलोरको भने अघिल्लो चरणको अव अंक गणीतिय संभावना मात्र बाँकी रहेको छ । बेंगलोर ८ खेलमा ७ मा हार १ मा जितका साथ अ‌ंक तालिकाको पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप