शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनल चौथो स्थानमा

मङ्गलबार, ०३ वैशाख २०७६, ०८ : ४७
मङ्गलबार, ०३ वैशाख २०७६

एजेन्सी – आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थनमा उक्लिएको छ । सोमबार राति भएको खेलमा आर्सनलले वाटफोर्डलाई १–० गोलले हरायो । यस जितसँगै आर्सनलले शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । 

आर्सनलका लागि पिर्रे एमरिक अउवामियाङले गोल गरे । पिर्रेले खेलको १०औं मिनेटमा गरेको गोलनै आर्सनलका लागि प्रयाप्त बन्यो । आर्सनलको गोल लगत्यै घरेलु टोली वाटफोर्ड १० खेलाडीमा समेटिएको थियो । 

११औं मिनेटमा वाटफोर्डका ट्रोय डेनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि दबाबमा रहेको वाटफोर्डले गोल फर्कान सकेन । आर्सनलले खेलको अन्तिमसम्म गोल गर्ने मौका बनाएपनि थप गोल गर्न सकेन । 

जितसँगै आर्सनलले ३३ खेलबाट ६६ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको चेल्सीको पनि समान ६६ अंक छ । यद्यपी चेल्सी गोल अन्तरका आधारमा पछि छ । छैटौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । शीर्ष चारमा रहन यी तीन टोलीबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । ४६ अंक बनाएको वाटफोर्ड तालिकाको १०औं स्थानमा छ । शीर्ष स्थानमा आसिन लिभरपुलको ८५ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८३ र तेस्रो स्थानमा रहेको टोट्टनहामको ६७ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप