शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सा र युनाइटेडको भिडन्त आज, कस्ले मार्ला बाजी ?

मङ्गलबार, ०३ वैशाख २०७६, ०९ : २०
मङ्गलबार, ०३ वैशाख २०७६

एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) राति स्पेनिस महारथि बार्सिलोना र इङ्लिस जाइन्ट किलर म्यानचेस्टर युनाइटेड भिड्दैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने दोस्रो लेग निकै रोचक हुने अनुमान गरिएको छ ।

युनाइटेडको मैदानमा गत साता खेलिएको पहिलो लेगमा बार्सिलोनाले आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । युनाइटेड क्याम्प नोउमा बार्सिलोनासँग पहिलो लेगको बदला लिन आतुर देखिएको छ । युनाइटेडलाई अघिल्लो चरणमा पुग्न बार्सिलोनासामु उत्कृष्ट पुनरागमन गर्नु पर्ने थप चुनौती छ । बार्सिलोनालाई युनाइटेडलाई रोक्न सके मात्र काफी छ ।

पहिलो लेगमा केही कमजोर देखिएको बार्सिलोना युनाइटेडका लुक शअको आत्मघाती गोल उपहारले उत्रिएको थियो । तर, बार्सिलोना दोस्रो लेगमा घरेलु सर्मथकलाई उत्कृष्ट प्रदर्शन सहित मनोरञ्जन दिने दाउमा छ । त्यसैले यी दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने निश्चित छ ।

यसैगरी च्याम्पियन्स लिग फुटबल अन्तर्गतनै आज राति क्वार्टरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टस र डच क्लब आयाक्स भिड्दैछन् । यस खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ । आयाक्सको घरेलु मैदानमा अघिल्लो साता खेलिएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

उक्त खेलमा आयाक्सको सुरुवाती अग्रतालाई युभेन्टसका सुपर स्टार क्रिष्टियानो रोनाल्डोले डाइभिङ हेड गोल गर्दै तोडेका थिए । हरेक खेलमा जादु छर्दै आएका रोनाल्डो यस खेलमा पनि चम्किने विश्वास गरिएको छ । पहिला लगेको बराबरी नतिजाले गर्दा आजको खेलमा जुन टोलीले सानदार प्रदर्शन गर्छ । उही टोली सेमिफाइनलमा पुग्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप