शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज प्रदेश सभा बैठक, काङ्ग्रेसले अवरोध गर्ने

मङ्गलबार, ०३ वैशाख २०७६, ०९ : ४०
मङ्गलबार, ०३ वैशाख २०७६

जनकपुर – प्रदेश नम्बर २ मा प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । गत चैत २० गते अनिश्चितकालको लागि स्थगित भएको बैठक मंगलवार बस्न लागेको हो ।

आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारले ८ वटै जिल्लामा जिल्ला प्रशासक राख्ने प्रदेश प्रशासन सम्बन्धी विधेयक दर्ता गर्नेछन् ।

यसअघिका दुई वटा सदनमा प्रदेश २ मा १६ वटा विधेयक पारित भएको छ ।  प्रदेश सभा बैठक ३ बजेको लागि बोलाईएको प्रदेश सभा सचिव रञ्जित कुमार यादवले बताए ।

यता सभामुख सरोज कुमार यादवले एक महिना  सम्मको लागि विदा लिएर बसेका छन् । प्रदेश सभाको बैठक उपसभामुख उपमा देवले सञ्चालन गर्ने उनले बताए ।

नेपाली काङ्ग्रेसले  भने वीरगञ्ज स्थितको वीपी उद्यानको बिषयलाई लिएर सदन अवरोध गर्ने भएको छ । काङग्रेसका सचेतक शिवचन्द्र चौधरीले मुख्यमन्त्री लालबाबु राउतले जवाफ नदिए सदनलाई चल्न नदिने जनाएको छ ।काङग्रेसले वीरगञ्जको वीपी उद्यान, जनता आवास, प्रादेशिक क्षेत्रमा १ करोड विकास बजेट लगाएतको विषयमा सदन घेराउ गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप