शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

मङ्गलबार, ०३ वैशाख २०७६, १० : ०९
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौँ – नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
 
महानिरीक्षक खनालले दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै समवेदना व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप