बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पार्टनरको यी आठ बानीले हुनसक्छ वैवाहिक जीवन बर्बाद, यसरी फिर्ता ल्याउनुस् रोमान्स

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ०३
मङ्गलबार, ०३ वैशाख २०७६

जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक पर्छ । हरेक जोडीलाई आफ्नो विवाह सफल होस् भन्ने चाहना हुन्छ । जसरी एउटा हातले ताली बजाउन सकिँदैन त्यसरी नै कुनै पनि सम्बन्धलाई एक्लै निभाउन सकिँदैन । श्रीमान् श्रीमती दुबैले एक–अर्काको भावना बुझेर, कमी कमजोरी अपनाएर, आफ्ना केही बानी परिवर्तन गरेर सम्बन्धमा विश्वास कायम गर्नुपर्छ । तर धेरैपटक जानी नजानी केही गलत बानीका कारण सम्बन्धमा रहनु सास रोकिएको जस्तो महसुस हुन्छ र सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । यो एउटा त्यस्तो सम्बन्ध हो जसको असर तपाईंको आफन्तमा पनि पर्छ । सम्बन्धलाई बलियो  बनाउनका लागि पुरुषले आफ्नो कुन बानी परिवर्तन गर्नुपर्छ भन्ने कुरा थाहा पाऔं ।

समयलाई ध्यान दिनुहोस्ः

विवाहित र अविवाहित जीवन निकै फरक हुन्छ । विवाह अघि साथीहरुसँग घर बाहिर निकै समय बिताउनुहुन्थ्यो होला तर विवाह पछि तपाईंले समयलाई विशेष ध्यान दिनुपर्छ । विवाह गरिसकेपछि पनि तपाईं पहिलेको झैं लेट वा अल नाइट पार्टी गर्नुहुन्छ भने यसले तपाईंहरुबीच झगडा निम्त्याउन सक्छ । साथीलाई पनि समय दिनुहोस् तर श्रीमतीलाई पनि तपाईंले समय दिनैपर्छ । आफ्नो समयलाई व्यवस्थित गर्नुहोस्, तपाईं कहिले घर फर्कनुहुन्छ वा कोसँग जाँदै हुनुहुन्छ भनेर श्रीमतीलाई पक्कै जानकारी दिनुहोस् । यसो गरे सम्बन्धमा विश्वास बढ्छ ।

घरको काममा हात बढाउनुस्ः

यदि तपाईं श्रीमतीलाई घरको काममा सहयोग गर्नुहुन्छ भने यसलाई तपाईं दुईवटा फाइदा पुर्याउँछ । पहिलो त तपाईंको श्रीमातीको नजरमा इज्जत बढ्छ र दोस्रो, यस्तो गरेर तपाईंहरु एक–आपसमा धेरैभन्दा धेरै समय बिताउन सक्नुहुन्छ । किनभने यदि श्रीमतीमाथि परिवारको सबै कामको जिम्मेवारी हुन्छ भने उनले तपाईंलाई उचित समय दिन पाउने छैनन् । सम्बन्धलाई थोरै रोमान्टिक र बलियो बनाउनका लागि श्रीमतीलाई घरको काममा सघाउनुहोस् । उनीहरु बिरामी हुँदा हेरबिचार गर्नुहोस्, उनको कामको जिम्मेवारी तपाईंले पूरा गर्नुहोस् ।

तारिफ गर्न नबिर्सनुहोस्ः

विवाह अघि पुरुषले महिलाको निकै तारिफ गर्छन्, तर विवाह पछि भने श्रीमान श्रीमतीको तारिफ गर्न कञ्जुस्याइँ गर्छन् । जसका कारण सम्बन्ध बोरिङ लाग्न थाल्छ । श्रीमतीले पनि आफूलाई श्रीमानले पहिलेको झैं माया नगर्ने जस्तो लाग्छ त्यसकारण श्रीमतीको तारिफ गर्न कुनै पनि मौका नछुटाउनुहोस् । मौका पाउनेबित्तिकै उनको तारिफमा दुई शब्द खर्च गर्नुहोस् । यसले उनलाई खुसी दिनेछ ।

श्रीमतीलाई प्रभावित गराउनुहोस्ः

यदि तपाईं आफ्नो वैवाहिक सम्बन्धलाई सुरुवाती दिन झैं रोमान्टिक बनाउन चाहनुहुन्छ भने श्रीमतीलाई प्रभावित गराउने मौका नगुमाउनुहोस् । अर्थात्, विवाहपछि पनि श्रीमतीलाइ विशेष महसुस गराउनुहोस्, उनलाई सरप्राइज दिनुहोस् । कहिलेकाँही उनलाई मन परेको कुरा उनले नभनीकनै ल्याइदिनुहोस्, उनलाई घुमाउन लैजानुहोस् । यस्तो गरे तपाईंहरुको सम्बन्धमा मिठास बढ्नेछ ।

लतः

चुरोट र रक्सी खाने बानीलाई मात्र लत भनिँदैछ । सोसल मिडियामा वा फोनमा घण्टौंसम्म साथीसँग कुरा गर्ने, गेम खेल्नेजस्ता लतले पनि तपाईंको सम्बन्ध तोड्ने काम गरेको हुन्छ । तपाईंको यी सबै बानीका कारण तपाईंले श्रीमतीलाई वास्ता गर्न छोड्नुहुन्छ । वास्ता नगरेपछि तपाईंहरुबीच दुरी बढ्छ । एकपटक सोच्नुहोस् त, यदि तपाईंकी श्रीमती दिनभरी आफ्नो व्यस्त हुने र राती टिभी वा ल्यापटपमा व्यस्त भएर बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो मोबाइल खोज्न थाल्छिन् भने तपाईंलाई कस्तो लाग्ला ? त्यसकारण उनको ठाउँमा आफूलाई राखेर हेर्नुहोस् र सम्बन्धमा दरार पैदा गर्ने कुनै पनि बानी वा लत छुटाउनुहोस् ।

मनको कुरा बताउनेः

हरेकको जीवनमा विवाह अघि वा पछि यस्ता कोही व्यक्ति हुन्छन् जसलाई उसले हरेक कुरा बताएको हुन्छ । ती व्यक्ति तपाईंको साथी, आमा–बुवा वा परिवारका कुनै सदस्य हुनसक्छन् । तर तपाईंको यो बानीले तपाईंको पार्टनरसँगको सम्बन्ध खराब गर्न सक्छ । आफन्तसँग कुरा बाँड्नु राम्रो कुरा हो तर यसको अर्थ तपाईंले आफ्नो वैवाहिक जीवनका कुरा पनि उनीसँग सेयर गर्ने होइन । तपाईंले यस्तो गर्नुभयो भने श्रीमतीलाई नराम्रो लाग्न सक्छ । यस्तो गरेर तपाईंले उनको विश्वास गुमाइरहेको हुनसक्छ । यदि तपाईं श्रीमतीबारे हरेक कुरा जान्न चाहनुहुन्छ भने तपाईंले पनि उनलाई आफ्नो सबै कुरा बताउनुपर्छ । तपाईं के गरिराख्नुभएको छ, तपाईंको जीवनमा के चलिरहेको छ, आदि इत्यादि ।

एक अर्कालाई सम्मान दिनुहोस्ः

यदि तपाईं आफूलाई श्रीमतीले सम्मान देओस् भन्ने चाहनुहुन्छ भने त्यसको बदलामा तपाईंले पनि उनलाई सम्मान दिनुपर्छ । उनीमाथि तपाईंले कुनै पनि निर्णय थुपार्नु हुँदैन । श्रीमतीको निर्णयको सम्मान गर्न सिक्नुहोस् । तपाईं र श्रीमतीको विचार भिन्न हुनसक्छन् । उनका केही निर्णय तपाईंको नजरमा गलत लाग्न सक्छ । तर यस्तोमा आफ्नो कुरालाई सही वा उनको गलत भनेर ठहराउनु गलत साबित हुनेछ । तपाईं आरामपूर्वक यस्तो मसलामा कुरा गरेर समझदारीपूर्वक कुरा सुल्झाउनुहोस् । किनभने यस्तो कुराले तपाईंको सम्बन्धमा सिधा असर पार्न सक्छ । श्रीमतीलाई परिवार वा अन्य व्यक्तिको अगाडि कहिले पनि तल देखाउने कोसिस नगर्नुहोस् । यस्तो गरेर उनको सम्मानमा ठेस लाग्नसक्छ ।

कमीकमजोरीः

सम्बन्धको डोरी निकै कमजोर हुन्छ । जसलाई तोड्न निकै सजिलो र जोड्न त्यति नै मुश्किल छ । जब दुई व्यक्ति सँगै बस्न थाल्छन् भने उनीहरुलाई एक–अर्काको गुण र अवगुण दुबै थाहाहुन्छ । तर तपाईं कमीलाई चाँडै स्विकार गर्न सक्नुहुन्न । यस्तोमा हरेक कुरामा तपाईं आफ्नो पार्टनरको कमी केलाउन थाल्नु सही होइन । कमी देखाउँदै श्रीमतीलाई तथानाम भन्न तपाईं पछि हट्नुहुन्न तर के श्रीमतीको राम्रो कुरामा उनको तारिफ गर्नुहुन्छ ? यदि होइन भने यो कुराले तपाईंको जीवनमा तनाव पैदा गर्नसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप