शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.शर्माद्वारा क्यान्सरपीडितलाई सहयोग

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ०५
मङ्गलबार, ०३ वैशाख २०७६

विराटनगर–नोबेल शिक्षण अस्पतालका सञ्चालक एवम् समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् । 

 सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा.शर्मा उनको घरैमा पुगेका थिए । यसअघि डा.शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि एक÷एक लाख रकम प्रदान गरेका थिए ।

 त्यस्तै सुन्दरहरैंचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाइते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा.शर्माले जनही एक÷एक लाख सहयोग गरे । डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँदै आएका छन् ।

हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप