बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्सित

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ५५
मङ्गलबार, ०३ वैशाख २०७६

गुल्मी–सदियौंदेखि खानेपानीको विकराल समस्या भोग्दै आएका  गुल्मीको मुसिकोटा नगरपालिका–साबिक बडागाउँ गाविसको ठुलापोखरावासीले यति वेला घर घरमाा पानीधाराको सुविधा उपभोग गर्न पाएका  छन् । 

करिव ६५ लाख लागतमा वेदपानी ठूलापोखरा लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भए पछि त्यहाँ ४५ घरधुरीका घरघरमा खानेपानी धारा पुगेको हो ।

उक्त योजनाको मंगलवार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै स्थानीयवासी आफैले श्रम गरेर यति छिटो गाउँमा खानेपानी ल्याउन सफल भएको प्रति धन्यवाद थिए ।

   उनले  ‘एक घर एक धारा’, ‘घरघरमा उज्यालो’ र ‘खरको छानारहित घर’ निर्माण अभियान अबको केही समय भित्रै सफल  पार्ने उद्घोष पनि गरे । 
नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नमुनाका रुपमा ठुलापोखरावासीले योजना सम्पन्न गरेकोमा नगरपालिका र अन्य गाउँका उपभोक्ताहरुलाई समेत उत्प्रेरणा जगाएको बताए ।

   उनले नगरपालिकाले ७० प्रतिशत रकम उपलब्ध गराएको र बाँकी ३० प्रतिशत जनता आफैले श्रम गरेर ६५ दिन पानी गाउँमा ल्याएको बताए । 
   पश्चिम नेपाल ग्रामिण सरसफाई तथा खानेपानी योजना ( वास )  मुसिकोटकी संयाजक सिता भुसालले  खोलापानी धरमपानी लिफ्ट खानेपानी योजना सम्पन्न हुँदा मैदना सम्मका २ सय ५३ घरधुरी लाभन्वित हुने बताइन् । त्यस्तै सोही वडाको नौघाट खानेपानी योजनाबाट २२ घरधुरी , अमलडाँडा खानेपानी योजनाबाट १ सय ६८ घरधुरी र सोही वडाको अमलडाँडा पेंगा खानीपानी योजनाबाट २ सय १२ घरधुरी लाभान्वित हुने भुसालले जानकरी दिइन् । 

यसअघि यो ठाउँमा पानीको समस्या हुँदा बसाइसराइ दर बढेको थियो भने केटा पक्षले बिबाहका लागि केटी नपाउने समेत समस्या थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप