बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी छोरीलाई हेरबिचार गर्दैगर्दा सुटिङमा ढिला भएः  करणवीर बोहरालाई कार्यक्रमबाटै निकालियो

मङ्गलबार, ०३ वैशाख २०७६, १३ : १९
मङ्गलबार, ०३ वैशाख २०७६

बिग बस १२ बाट चर्चामा आएका करणवीर बोहरा एउटा कार्यक्रमको सुटिङ गर्ने तयारीमा थिए तर उनलाई त्यसबाट हटाइएको छ । उनले आफ्ना बिरामी छोरीहरुसँग केही समय बिताउनका लागि केही समय मागेका थिए तर च्यानल र निर्माण पक्षले उनलाई समय दिनका लागि राजी भएनन् । त्यसकारण उनले कार्यक्रम छोड्नुपर्यो । करणवीरले यसबारे आफ्नो इन्स्टाग्राम पोष्टमा सार्वजनिक गरेका छन् ।

करणवीरले लेखे, ‘तपाईंको जीवनमा कहिलेकाँही आपतकालीन अवस्था आउँछ, जस्तै कोही बच्चा अचानक बिरामी हुनसक्छन् र त्यसकारण सुटिङमा ढिला हुनसक्छ । त्यस कारण प्रोडक्शन र च्यानलद्वारा तपाईंलाई त्याग्नु निकै असंवेदनशील हो र यस्तो ममाथि कहिले पनि भएको थिएन । एक अभिनेताबाहेक म एक बुवा पनि हुँ । म इमर्जेन्सीमा बच्चालाई आफ्नी छोरी वा सहयोगी वा न्यानीसँग छोड्न सक्दिनँ । आज बिहान मेरा छोरीहरुलाई मेरो आवश्यकता थियो । तालिका मान्न नसकेकोमा निर्माण पक्ष र च्यानलसँग पुनः माफी माग्न चाहन्छु । एक नायकलाई कति दिनसम्म प्रतिक्षा गराइन्छ र तपाईंले यो कुरा मान्नुपर्छ । यदि हामीमाथि पनि यस्तै व्यवहार भएको भए निकै राम्रो हुन्थ्यो । ’

कामको कुरा गर्ने हो भने करणवीरले कुबूल हे, नागिन, क्योंकी सास भी कभी बहू थी र सौभाग्यवती भवसहित टेलिभिजनका विभिन्न लोकप्रिय कार्यक्रमका हिस्सा रहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप