मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लोकसभा निर्वाचन: समाजवादी पार्टीमा प्रवेश गरेलगत्तै शत्रुघ्नकी पत्नीले पाइन् आधा घण्टामै टिकट

मङ्गलबार, ०३ वैशाख २०७६, १८ : ०५
मङ्गलबार, ०३ वैशाख २०७६

एजेन्सी– काँग्रेस नेता शत्रुघ्न सिन्हाकी पत्नी पूनम सिन्हा मंगलबार समाजवादी पार्टीमा प्रवेश भइन् ।  उनले पार्टी अध्यक्ष अखिलेश यादवको पत्नी डिम्पलको उपस्थितिमा पार्टी सदस्यता लिइन् । उनी लखनउ सीटबाट भाजपा उमेद्वार तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहविरुद्ध लड्दै छिन् । 

पूनमले अप्रिल १८ मा नामाकरण गर्दैछिन् । समाजवादी पार्टीले भाजपाका केन्द्रीय गृहमन्त्रीलाई हराउनको लागि काँग्रेसलाई यस सीटमा उमेद्वार नउतार्न आह्वान पनि गरेको छ । 

यसभन्दा अघि राजनाथ सिंहले सडक र्याली निकालेर उमेद्वारी नामकरण गरिसकेका छन् । केही पहिले पटना साहेबबाट भाजपा सांसद रहेका शत्रुघ्नले पनि भाजपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप