रुपन्देहीको भन्सारमाथि अख्तियारको छानबिन
मङ्गलबार, ०३ वैशाख २०७६, १९ : १५
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले भैरहवा भन्सारको गतिविधिमाथि छानबिन थालेको छ । भन्सारमा अनियमिता भएको सूचनाको आधारमा छानबिन सुरु गरेको छ ।
अख्तियार बुटवलको टोलीले यात्रु कक्ष र सवारी सुबिधा कक्षमा सेवाप्रवाहको विषयमा अनुगमन पनि गरेको छ । अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले केही काजजात र विभिन्न विवरण बरामद गरिएको बताए ।
अख्तियारले भन्सारले पछिल्लो तीन दिनमा जारी गरेको प्रज्ञापन पत्र, तीन दिनको गाडी प्रवेश र बाहिरिएको विवरण लिएको छ । त्यस्तै तीन दिनको सिसिटिभी फुटेज समेत मागिएको प्रवक्ता भुसालले जानकारी दिए ।
यि कागजातका आधारमा अनुसन्धान थालिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक