बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइपीएलः पन्जाबले राजस्थानलाई हरायो

बुधबार, ०४ वैशाख २०७६, ०८ : ५६
बुधबार, ०४ वैशाख २०७६

एजेन्सी – किंग्स–११ पन्जाबले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई १२ रनले हराएको छ ।

चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली पन्जाबले दिएको एक सय ८३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६८ रनमा समेटिएको थियो ।  

राजस्थानका राहुल त्रिपाठीले ५० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । स्टुवार्ड बिनीले अविजित ३१, संजु सामसनले २७, अन्जिंका रहानेले २६ र जोस बट्लरले २३ रन बनाए । बलिङमा पन्जाबका अर्शदीप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले ४०, क्रिस गेलले ३०, मायांक अग्रवालले २६ र  रविचन्द्र आश्विनले अविजित १७ रन बनाए ।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । ईश सोधी, जयदेव उनादकट र धवन कुलकर्णीले एक एक विकेट झारेका लिए । यस जितसँगै पन्जाब चौंथो स्थानमा उक्लिएको छ । पन्जाबले नौ खेलबाट १० अंक बनाएको छ । राजस्थानले आठ खेलबाट चार अंक बनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप