केन्द्रीय संस्करण

तीन दिन मौसम खराब हुने, सतर्क रहन आग्रह

person explore access_timeबैशाख ४, २०७६ chat_bubble_outline1

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । 

बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश्चिम क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्का वर्षा र असिना पर्नेछ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, बिहिबार देशैभरी आंशिकदेखि सामान्य बदली भई पश्चिमी क्षेत्रका केही स्थानमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । 

कमेन्ट

  1. April 17, 2019, 11:42 a.m. Prakash
    Nepal pani ho ta barasha ko shabbat
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...