बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१ सय पटकभन्दा बढी बालबालिका बलात्कारको आरोपमा ७१ वर्षीय पक्राउ

बुधबार, ०४ वैशाख २०७६, १० : ००
बुधबार, ०४ वैशाख २०७६

अमेरिकाको लुइसियानामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा एक ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।

कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् ।

अनुसन्धानकर्ताहरुले उजुरीबारे तथ्य संकलन गर्दा फाउन्टेनले अन्य बालबालिकामाथि पनि यौनशोषण गरेको फेला परेको थियो । उनलाई उजुरी दिएको आठ दिनपछि गत अप्रिल ९ मा पक्राउ गरिएको थियो ।

प्रहरी अधिकारी स्टेफेन फिलिप्सका अनुसार सबै घटनाहरु सन् १९७० र १९८० को बीचमा घटेका थिए । सबै पीडितहरु १३ वर्षमूनिका थिए ।

फिलिप्सले पीडित बालबालिकाको संख्या अहिले नै खुलासा गर्न नमिल्ने बताउँदै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

सबै घटनाहरु फाउन्टेन बस्ने पाइनभिले क्षेत्रमा भएको प्रहरीको भनाई छ ।

जमानत रकम १० लाख अमेरिकी डलर राखेर फाउन्टेनलाई हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप