बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालबाटिका इन्टरनेसनल स्कुल : उत्कृष्ट सिकाइ पद्धति, छैन ‘हिडन् चार्ज’ !

बुधबार, ०४ वैशाख २०७६, ११ : ३९
बुधबार, ०४ वैशाख २०७६

काठमाडौँ– मन्टेस्वरी विधिबाट बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ १३ वर्षअघि स्कुल स्थापना गर्दा विद्यार्थी पाउनै धौधौ हुन्थ्यो ।  परम्परागत शिक्षातर्फ लत लागेका अभिभावक मन्टेस्वरी विधिको सिकाइ पद्धतिमा उति अभ्यस्त भइसकेका थिएनन् । त्यतिबेलाको फरक माहोलका बीच खुलेको थियो– बालबाटिका इन्टरनेसनल स्कुल । 

धेरै आरोह–अवरोह छिचोल्दै काठमाडौँको बालाजुमा रहेको बालबाटिका स्कुल अहिले उक्त क्षेत्रमा नै विद्यार्थी, अभिभावकको रोजाइमा पर्ने शिक्षालय मध्येको एक बन्न सफल बनेको छ । 

‘अरूले भन्दा भिन्न किसिमले नै कक्षा सञ्चालन गरौँ भन्ने उद्देश्यका साथ २०६३ मा स्कुल सुरु गरेका थियौँ’,  बालबाटिका इन्टरनेसनल स्कुलका प्रिन्सिपल राजेश खकुरेल भन्छन्, ‘त्यतिबेला यस वरिपरि कुनै पनि मन्टेस्वरी बेस भएका स्कुल नै थिएनन् । पछिल्लो समय बल्ल खुल्दै गएका हुन् ।’

प्रिन्सिपल खकुरेल

सुरुमा अभिभावकलाई मन्टेस्वरी शिक्षाबारे बुझाउन केही कठिनाइ भए पनि  विस्तारै आकर्षण बढ्दै गएको स्मरण गर्दै खकुरेल अगाडि थप्छन्, ‘१३ औँ वर्षमा आइपुग्दा हामीलाई अरूले हेर्ने दृष्टिकोण फरक छ । जति पनि अभिभावक आफ्ना साना बाबुनानी लिएर आउनुभयो, उहाँहरु सन्तुष्ट भएर जानुभयो । त्यसपछि विस्तारै हरेक वर्ष विद्यार्थीको आकर्षण बढ्दै गएर यो अवस्थामा आइपुगेका हौँ ।’

छैन हिडन् चार्ज’, पारिवारिक वातावरण
बालबाटिकाको एउटा सकारात्मक पाटो के भने भने विभिन्न शीर्षकमा स्कुलले अभिभावकबाट ‘हिडन् फी’ (अतिरिक्त शुल्क) उठाउँदैन । सँगसँगै अनुभवी शिक्षकको सहयोगमा पारिवारिक वातावरणमा बालबालिकाले खेल्दै सिक्दै अघि बढ्ने मौका पाउँछन् । 

स्कुलले दिने सेवा, खानाको गुणस्तर,  पढाइको स्तरीयता र अनुभवी शिक्षकको उपलब्धताले गर्दा बालबालिकालाई स्कुलमा कुनै बोझको अवस्था त हुँदैन नै अभिभावक पनि ढुक्क हुनसक्ने अवस्था रहेको छ । 
एउटा ‘स्टान्डर्ड’को सिकाइ पद्धति रहेकाले कतिलाई केही महँगो जस्तो लागे पनि विद्यार्थीको चाप भने बढ्दो क्रममा रहेको खकुरेल बताउँछन् । 

‘हामीले जुन मासिक शुल्क तोकेका छौँ, त्यो अरूको भन्दा अलि फरक छ । अरूको २ हजार देखि २५ सयबाट सुरु छ भने हाम्रो ५५ सयबाट सुरु छ’, ‘प्रिन्सिपल खकुरेल भन्छन्, ‘अरूले परम्परागत तौरतरिकातर्फ अली बढी केन्द्रित  गर्नुहुन्छ भने हामी पूरै मन्टेस्वरी शिक्षण पद्धतिमा फोकस गर्छाैं ।’ 

अनुवभी शिक्षक, स्कुलकै पनि लामो यात्रा र पारिवारिक वातावरण पाइने भएकाले बालबाटिका अभिभावकको रोजाइमा पर्दै गएको खकुरेलको बुझाइ छ । 

मन्टेस्वरी नसिकेका शिक्षकलाई स्कुलले नियुक्ति नै गर्दैन । त्यसमा पनि स्कुलको आफ्नै शैक्षिक ढाँचा रहेकाले आन्तरिक रूपमा पनि थप अभ्यस्त बनाउने काम हुन्छ ।  सबै हिसाबले सिकाइको लागि योग्य देखिएपछि मात्रै उसलाई जिम्मेवारी दिइन्छ । 

सिकाइ पद्धति
विद्यालयले सैद्धान्तिक शिक्षाका साथै सिकाइका व्यावहारिक पक्षलाई विशेष जोड दिँदै आएको छ । यस्तै, एउटा कक्षाकोठामा २० जना भन्दा विद्यार्थी नबढाई नियमित दुई जना शिक्षक राखेर सिकाइका विविध पाटो खोतल्ने काम गरिन्छ ।  पढाइ जीवनको अभिन्न अङ्ग भए पनि पढाइलाई नै बाध्यता बनाउन हुँदैन भन्ने मान्यता स्कुलको छ ।  

स्कुलले विद्यार्थीलाई  सैद्धान्तिक र व्यावहारिकसँगै नैतिक शिक्षामा पनि उत्तिकै प्रेरित गर्दै आएको छ ।  नैतिक शिक्षा भन्नाले व्यक्तिगत रूपमै आफूलाई कसरी व्यावहारिक बनाउने भन्ने बुझिन्छ । ‘साना–साना विषयलाई पनि हामीले कसरी व्यावहारिकतासँग जोड्ने भन्ने कुरा हामीले सिकाएका हुन्छौँ’, खकुरेलले भने, ‘यसै शैक्षिक सत्रदेखि हामीले कक्षा १ देखि भागवत गीताको क्लास पनि राख्न लागेका छौँ । त्यसले पनि केही न केही नैतिकता लगायतका ज्ञानगुनका कुराहरु थाहा पाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’

बालबालिकाले गरेका गल्तीमा कुनै पनि दण्ड दिने गरिँदैन । दिनमा तीन पटक खानाको व्यवस्था गरिएको छ । जसमा हरेक दिन फरक फरक र स्तरीय खाना खुवाउने गरिन्छ । 

स्कुलले अतिरिक्त क्रियाकलापका रूपमा म्युजिक, डान्स, तेक्वान्दो, फुटसललगायत खेलहरु अनिवार्य गरेको छ भने यसका लागि विषयगत छुट्टै शिक्षकको पनि व्यवस्था गरेको छ । अतिरिक्त क्रियाकलापमा कसरी ससाना बालबालिकाको उपस्थिति बलियो बनाउने भनेर स्कुलले विभिन्न समयमा उपत्यकाभित्रै जस्तै चिडियाखानाको भ्रमण, स्विमिङलगायतमा पनि सहभागी गराउने गरेको छ । यस्ता क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदा पहिल्यै तोकिएको शुल्कमा भन्दा कुनै पनि अतिरिक्त शुल्क नलिइने गरिएको स्कुलको भनाइ छ । 

विद्यार्थीको चाप, नयाँ शाखाको योजना
अहिले प्ले ग्रुपदेखि कक्षा ६ सम्म गरी ३५० को हाराहारीमा विद्यार्थी रहेको स्कुलले जनाएको छ । स्कुलका अध्यक्ष रमेश प्रसाईंका अनुसार हरेक वर्ष एक एक कक्षा थप गर्दै १२ कक्षासम्म पुर्याइने लक्ष्य लिइएको छ । 
अहिले बालाजुमा स्कुलको जुन भवन रहेको छ सो संरचना बालबालिकामैत्री, सुरक्षित र भूकम्प प्रतिरोधी रहेको बताइएको छ । यस्तै बालबालिकाको आवश्यकताअनुसार स्कूल भ्यानको पनि सुविधा रहेको छ । 

अध्यक्ष प्रसाईंका अनुसार अहिलेको संरचनाले विद्यार्थीको चाप थेग्न नसकिने देखिएपछि तारकेश्वर नगरपालिकालाई केन्द्रित गरेर नयाँ शाखा खोल्ने तयारी पनि गरिएको छ । 

 यसबारे प्रिन्सिपल खकुरेल थप्छन्, ‘यही ठाउँमा क्यापासिटीले नधान्ने भएर आगामी शैक्षिक सत्र २०७६ लाई फोकस गरेर नयाँ शाखा खोल्ने योजनामा छौँ र तारकेश्वर क्षेत्रलाई नै बढी फोकस गरेर खोल्ने सोच छौँ ।’
सभ्यता खड्का एकेडेमिक डाइरेक्टर रहेकाे स्कुलको वातावरण शान्त, सफा र स्वस्थ रहेको छ । 

बालबालिकाले कसरी सिकिरहेका छन् ? आफूलाई कसरी विकास गरिरहेका छन् ? ती सबै कुराको सूक्ष्म विश्लेषण गर्दै कमजोरी पहिल्याएर उनीहरुलाई सक्षम र सिर्जनशील बनाउनतर्फ स्कुलले ध्यान दिँदै आएको छ । त्यसैले त अहिले धेरैको विश्वास जितेर बालबाटिका एक आकर्षक शिक्षालय बन्न पुगेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप