शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाग्यमानी बालिका : ६ वर्षअघि चिठ्ठामा कार जितिन्, अहिले १० लाख डलर

बुधबार, ०४ वैशाख २०७६, १३ : १५
बुधबार, ०४ वैशाख २०७६

भारतकी एक ९ वर्षीया बालिकाले मंगलबार दुबई ड्युटी फ्रिको मिलेनियम मिलेनियर ज्याकपट अन्तरगत १० लाख अमेरिकी डलर चिठ्ठा जितेकी छिन् ।

सोही चिठ्ठामा ६ वर्ष अघि सोही बालिकाले एक लक्जरी कार पनि जितेकी थिइन् ।

खलिज टाइम्सका अनुसार एलिजा एम नाम गरेकी बालिकाले टिकट नम्बर ०३३३ नम्बरको टिकटबाट ज्याकपट जितेकी हुन् ।

बालिकाको पिता भारतको मुम्बई शहरका वासिन्दा हुन् । उनी विगत १९ वर्षदेखि उनी दुबईमा बस्दै आइरहेका छन् । उनी सन् २००४ देखि नियमित रुपमा उक्त चिठ्ठामा सहभागी हुँदै आइरहेका थिए ।

आफ्नो भाग्यमानी अंक ९ मान्ने ती व्यक्तिले ०३३३ नम्बरको टिकट अनलाइनबाट खरिद गरेको पत्रिकाले उल्लेख गरेको छ ।

बालिकाले यसअघि सन् २०१३ को जनवरीमा म्याकलरेन कुप लक्जरी कार जितेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप