बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजविराजस्थित मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बुधबार, ०४ वैशाख २०७६, १८ : २४
बुधबार, ०४ वैशाख २०७६

राजविराज– सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ ।

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहकाबीच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

आजैदेखि सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ । 

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप