बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निक्षेप खाता साढे २ करोड नाघ्यो, कति पुगे एटीएम प्रयोगकर्ताहरु ?

बुधबार, ०४ वैशाख २०७६, १८ : २४
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा निक्षेप खाता साढे २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने चालु वर्षको फागुनसम्म निक्षेप खाता २ करोड ५६ लाख ५८ हजार २ सय ८७ पुगेको छ । 

यसमा वाणिज्य बैंकमा खाताका आधारमा सबैभन्दा बढी निक्षेपकर्ता देखिएका छन् । २८ वटा वाणिजय बैंकहरुमा निक्षेपकर्ताको संख्या २ करोड ९ लाख ७८ हजार २ सय ६१ पुगेको छ ।  

यता विकास बैंकमा निक्षेप खाता ४१ लाख २७ हजार ८ सय १८ पुगेको छ भने फाइनान्स कम्पनीमा ५ लाख ५२ हजार ३ सय ८ निक्षेप खाता रहेको छ । यद्यपी कतिपय खाता दोहोरिएको हुनसक्ने राष्ट्र बैंकले भनेको छ । 

उसो त ऋणको खाता १३ लाख ६० हजार ३ सय १४ रहेको छ । यसमा वाणिज्य बैंकमा यस्तो खाता ९ लाख ८७ हजार ९ सय ४२, विकास बैंकमा ३ लाख ३१ हजार २ सय ३३ र फाइनान्स कम्पनीमा ४१ हजार १३९ ऋण खाता रहेको छ । 

मोबाइल बैंकिङ प्रयोगकर्ताहरु पनि बढ्दै गएको तथ्यांक राष्ट्र बैकसँग छ । मोबाइल बैकिङ प्रयोग गर्नेहरुको संख्या ६३ लाख ९४ हजार ९ सय १६ रहेको छ । ५९ लाख ६२ हजार ३ सय ३८ जनाले डेबिट कार्ड प्रयोग गर्ने गरेका छन । 

यस्तै क्रेडिट कार्डको संख्या १ लाख ५ सय २७ पुगेको छ ।  प्रिपेड कार्ड भने ६४ हजार ४ सय ८४ छ ।  ८ लाख ५६ हजार ६ सय ९५ जना इन्टरनेट बैकिङका प्रयोगकर्ता हुन् । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप