शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता

शुक्रबार, २० साउन २०७४, १३ : १८
शुक्रबार, २० साउन २०७४

बागलुङ  घरमाथिबाट खसेको पहिरोमा परी जिल्लाको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उहाँकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन् । 

घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो । 

यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उहाँकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन् । लालबहादुर सिँजालीको अन्दाजी ६५ वर्षीया आमा ९नाम खुल्न नसकेको० बेपत्ता भएको प्रहरीले जनाएको छ । 

भीषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिरोले धनजनको क्षति पु¥याएको हो । “जिल्लाको पश्चिम भेगका थुप्रै ठाउँमा पहिरो गएको छ”, उपरीक्षक खापुङले भन्नुभयो, “घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।” 

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटेको जनाइएको छ । गत वर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पु¥याएको थियो । 

घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी खटाएको जनाइएको छ । अन्य सामाजिक सङ्घसंस्था पनि राहतका लागि जाने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप