शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भगवान महावीरले सम्पूर्ण प्राणीहरुलाई प्रेम गर्न सिकाएको हो : प्रदेश प्रमुख कायस्थ

बुधबार, ०४ वैशाख २०७६, २० : ०१
बुधबार, ०४ वैशाख २०७६

जनकपुरधाम । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले समाजको उत्थान, दिशानिर्देश गर्न तथा समाजलाई सही मार्ग देखाउन इश्वरले समय समयमा महात्माहरुलाई जन्म दिएको बताएका छन् । 

अहिंसाको अग्रदुत भगवान महावीरको २६१८ औं जन्म जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

कार्यक्रममा उनले महावीरको समकालीन भगवान बुद्ध रहेको बताए । साथै उनले भगवान महावीरले देखाएका निभिन्न मार्ग तथा सिकाएका अहिंसाका पाठबाट सबैले सिक्नुपर्ने बताए । भगवान महावीरले पृथ्वीमा रहेका पशुपंक्षीसहितका विभिन्न प्राणीहरुलाई प्रेम गर्न र अहिंसाको मार्गमा हिँड्न सिकाएको बताए । 

कार्यक्रममा समाजसेविका विना पन्तले पृथ्वीमा रहेका हरेक प्राणीलाई प्रेम गर्नुपर्ने धारणा राखेकी थिइन् । पन्तले अलपत्र अवस्थामा रहेका घाईते पशुपंक्षीहरुलाई विभिन्न समयमा उपचार गराउनेदेखि दिएर निःस्वार्थ रुपमा समाजसेवामा सक्रिय रहेकाले अशोक कुमार वैद्दले आफ्नो आमाको नाममा रहेको ट्रष्टबाट ५१ हजार नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा बरिष्ठ पत्रकार चन्द्र किशोर झाले वीरगञ्ज आर्थिक नगरी मात्र नभएर विभिन्न धर्म तथा जातजातिको संगमस्थल पनि रहेको धारणा राखे । त्यस्तै महावीरले अहिंसा सम्बन्धी सन्देश दिएको र प्राणीहरुलाई प्रेम गर्नुपर्ने सिकाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप