बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लुक्ला संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक

बिहीबार, ०५ वैशाख २०७६, ०७ : ४२
बिहीबार, ०५ वैशाख २०७६

सोलुखुम्बु – समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उडान र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था गर्न नसकिने भएका कारण लुक्ला विमानस्थल विश्वकै बढी जोखिम भएको विमानस्थलको रुपमा चिनिएको छ ।

एक छेउमा सात सय मिटर अग्लो भीर भएकाले पनि तेन्जिङ हिलारी विमानस्थल संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप