केन्द्रीय संस्करण

चेन्नई सुपर किंग्सलाई हैदरावादको झट्का, ६ विकेटले पराजित

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline0

एजेन्सी । इन्डियन प्रिमियल लिग (आइपीएल) को शीर्ष टोली चेन्नई सुपर किंग्सलाई सनराइजर्स हैदरावादको नमिठो झट्का लागेको छ । बुधबार राति भएको खेलमा चेन्नई हैदरावादसँग ६ विकेटले पराजित भयो ।

राजिव गान्धी क्रिकेट मैदानमा चेन्नईले दिएको एक सय ३३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले १६.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

हैदरावादका लागि जोनी वैयर्सटो र डेभिड वार्नरले अर्धशतकीय इनिङ खेले । वैयर्सटोले अविजित ६१ रन र वार्नरले ५० रन बनाए । 

बलिङमा चेन्नईका इमरान ताहिरले दुई विकेट लिए । दिपक चाहर र करन शर्माले एक एक विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ३२ रन बनाएको थियो । 

चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ४५ रन बनाए । अर्का ओपनर सेन वाटसनले ३१, आम्बाती रायुडुले २५, कप्तान सुरेश रैनाले १३ र रविन्द्र जडेजाले अविजित १० रन बनाए ।

बलिङमा हैदरावादका राशिद खानले दुई, सहवाज नदीम, खलिल अहमद र विजय शंकरले एक एक विकेट झारे । 

यसहारसँगै चेन्नईले शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउने मौका गुमाएको छ । चेन्नईले नौ खेलबाट १४ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको हैदराबादले आठ अंक बनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...