शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो थियो जेट एयरवेजको अन्तिम उडान, प्रत्यक्षदर्शीको बयान

बिहीबार, ०५ वैशाख २०७६, ०९ : १२
बिहीबार, ०५ वैशाख २०७६

रविन्द्र सिंह रोबिन / बीबीसी

भारतको चर्चित हवाई सेवा जेट एयरवेजको कुनै विमानले बुधबार राती अन्तिम उडान भर्यो ।

ऋणमा डुबेको जेट एयरवेजका प्रबन्धकले जेटको सेवा अस्थायी रुपमा निलम्बित गर्ने निर्णय गरेका छन् ।

त्यसपछि जेटको अन्तिम फ्लाइट 9W 3502 थियो जुन राती स्थानीय समयानुसार १० बजेर २० मिनेटमा दुई घण्टाको अन्तिम यात्रामा अमृतसरबाट मुम्बईका लागि निस्कियो ।

विमानमा सवार धेरै यात्रुलाई यो जेट एयरवेजको अन्तिम फ्लाइट थियो भन्ने अनुमान नै थिएन ।

केही यात्रीले बीबीसीसँगको कुराकानीमा यो जेटको अन्तिम फ्लाइट भएको थाहा पाउँदा दुःखी भएको बताए ।

केही यात्रीले आफूले जेट एयरवेजमार्फत् नै हवाई यात्राको सुरुवात गरेको बताए ।

केही यात्रीले साधारणतया इंडियन एयरलाइन्स प्रयोग गर्ने बताउँदै जेट एयरवेजमा राम्रो सुविधा भएकाले यसमा यात्रा गर्दा निकै सहज महसुस हुने बताए ।

एक महिला यात्रीले जेटका कर्मचारीको भविष्यका लागि चिन्ता व्यक्त गरिन् ,

उनले भनिन्, ‘यो देशको लागि राम्रो खबर होइन । यसले बेरोजगारी बढ्नेछ । कुनै अन्य एयरलाइन्सलाई यति ठूलो संख्यामा जेटका कर्मचारी नियुक्त गर्न सजिलो हुनेछैन ।’

यस्तै एक व्यापारीले भने, ‘ निकै राम्रो व्यवसाय गरिरहेको एउटा कम्पनी एकाएक घाटामा जानु र बन्द हुने स्थितीमा पुग्दा कस्तो हुन्छ, त्यो मैले पनि महसुस गर्न सक्छु ।’

यस्तै, जेट एयरवेजके फ्लाइट क्रुका क्याप्टेनले बीबीसीलाई भने, ‘घाम फेरी झुल्कनेछ ।’

यो विमानकी एयरहोस्टेसलाई त केही बेरअघि सम्म पनि यो जेटको अन्तिम उडान थियो भन्ने थाहा थिएन ।

उनले बीबीसीसँग भनिन्, ‘यो निकै नै दुःखद घडी हो ।’

वास्तवमा, २५ वर्ष पुरानो एयरलाइन्स कम्पनीमाथि ८ हजार करोड भारु बढी ऋण छ र बैंकले चार सय करोडको आपतकालीन पुँजी दिन अस्विकार गरेको छ ।

त्यसपछि अब कम्पनीसँग ‘सटरडाउन’ बाहेक कुनै विकल्प बाँकी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप