बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

बिहीबार, ०५ वैशाख २०७६, ०९ : ५३
बिहीबार, ०५ वैशाख २०७६

बुटवल । गुल्मीको छत्रकोट गाउँपालिकामा गएराती एक किशोरीलाई बलात्कार गरेको आरोपमा गुल्मी प्रहरीले पाल्पाका एक जनालाई पक्राउ गरेको छ । 

पाल्पाको तानसेन नगरपालिका–५  निवासी ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँलाई प्रहरीले गएराती नै पक्राउ गरेको हो । 

छत्रकोट गाउँपालिकाकी १५ वर्षीया किशोरी  (नाम  गोप्य) लाई  गएराती बलात्कार गरेको आरोपमा मियाँलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाबारे प्रहरी निरीक्षक खड्काका भन्छन्– ‘पाल्पाबाट मोटरसाइकलमा गुल्मीतर्फ आउँदै गरेका मियाँले मोटरसाइकल रोकेर ती किशोरीलाई घर पुर्याईदिन्छु भनेर चढाएको  र त्यसको केहि बेरपछि बाटैमा बलात्कार गरेको खुल्न आएको छ ।’

‘सो आधारमा मियाँलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘मियाँमाथि थप अनुसन्धान सुरु हुँदैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप