सबैलाई चकित बनाउन युवकले आफूलाई रुखमा बाँधे, निस्कन सकेनन्ः दुई वर्षपछि भेटियो कंकाल
मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो ।
रुसी पुलिसका अनुसार इवान हाइकिङ र ‘सर्वाइभल स्किल्स’मा अनुभवी थिए । उनी मानिसहरुलाई चकित पार्ने किसिमको क्रियाकलाप गर्न चाहन्थे । यसै कोसिसमा उनले शतूराको सुनसान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँधेको हुनसक्ने र त्यो खोल्न असफल भएको हुनसक्ने अनुमान पुलिसले गरेका छन् । उक्त जंगलमा हत्तपत्त कोही पनि नजाने पुलिसले जानकारी दिएको छ ।
रुखको अगाडि नै रेकर्डिङका लागि राखिएको थियो क्यामराः
पुलिसले घटनास्थलको अगाडि एउटा टेन्ट र रुख क्यामरा पनि भेटेका छन् । पुलिसले भने, ‘घटनास्थल हेर्दा यस्तो लाग्यो कि इवान साहसी काम गरेर रेकर्ड गराउन चाहन्थे ।’ घटनास्थलबाट पाँच हत्कडी, केही फलामको चेन, ताल्चा र किताब पनि भेटेको बताइएको छ ।
रुसको इन्भेस्टिगेटिव कमेटीका अनुसार इवान कठिन परिस्थितीमा आफ्नो ‘सर्भाइभल स्किल्स’ को परीक्षण गर्ने समूहका सदस्य थिए भन्ने कुराको दुईमत छैन । यद्यपी, युवकको मृत्युको कारण फोरेन्सिक अनुसन्धानपछि नै सार्वजनिक हुने अनुमान गरिएको छ । पुलिसले इवानको क्यामरा र कम्प्युटरको अनुसन्धान गरिरहेको छ ।
पहिलो पटक कंकाल देख्ने स्थानीय एडुअर्ड कारपोवले यसको स्थितीबारे जानकारी दिए । उनले भने, ‘मैले रुखमा बाँधिएको हूडी (टोपी भएको टिसर्ट) लगाएको खप्पर देखेँ । उनको कंकाल रुखको पातले ढाकिएको थियो ।’
अधिकारीका अनुसार इवानको नाम हराएका मानिसको सूचीमा पनि थियो तर यसअघि शतूरा जंगलमा उनलाई खोजीकार्य असफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा