बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई कसैले आक्रमण गरेको छैन : कलाकार नेम्वाङ

बिहीबार, ०५ वैशाख २०७६, १३ : १२
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं । गायिका मनु नेम्बाङले आफूलाई कसैले भौतिक आक्रमण नगरेको बताएकी छिन् । 

फागुन ८ गते रातोपाटी डटकममा प्रकाशित ‘मनाङेका केटा हौं, भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला !’ शीर्षकको समाचारमा आफ्नो नाम र फोटो प्रयोग भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नेम्बाङले उक्त समाचारको खण्डन गरेकी हुन् । 

‘हाम्रो संगठन विगेसोले पोखरामा आयोजना गरेको वैचारिक सांस्कृतिक कार्यक्रमको तयारीमा जुटिरहेको बेला फागुन ६ गते साँझ होली खेल्दै आएका युवाहरुले मलाई आक्रमण गरेको भन्ने कुरा सत्य होइन्,’

नेम्वाङले रातोपाटीलाई पठाएको खण्डनमा भनिएको छ, ‘त्यसदिन संगठनका साथिहरुसँगै कार्यक्रमको तयारीमा थिएँ, मैले होली पनि नखेलेको हुनाले म सँग सम्बन्धित समाचारको खण्डन गर्दछु ।’ 

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले पनि कलाकार नेम्वाङको नाम जोडिएको समाचारको खण्डन गरेको छ । मनु नेम्वाङ आफ्नो संगठनको सल्लाहकार तथा वैचारिक सांस्कृतिक कार्यक्रमको संयोजक रहेका भन्दै बिगेसोले उक्त समाचार सांगठनिक हमलाको दुस्प्रयास भएको दाबी गरेको छ । 

फागुन ८ गते रातोपाटीमा प्रकाशित उक्त समाचार फागुन ६ गते होलीको दिन सुनाकोठीस्थित बालकुमारी मन्दिर नकिजै भएको घटनामा आधारित थियो । 

यस्तो थियो समाचार :-

‘मनाङेका केटा हौं’ भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला !

(फागुन ७ गते प्रकाशित ‘मनाङेका केटा हौं, भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला’ शीर्षकको समाचारमा उल्लेखित पात्र अरु नै  हुनुपर्नेमा भुलवश मनु नेम्वाङ भएको र प्रकाशित फोटो  पनि अन्यथा पर्न गएकोमा क्षमाप्रार्थि छौं–सम्पादक) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप