शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अभागी’ नेपाल : जीतका बावजुद नेपाल विश्वकप खेल्नबाट बञ्चित

बिहीबार, ०५ वैशाख २०७६, १५ : ३८
बिहीबार, ०५ वैशाख २०७६

नेपालले अन्तिम खेलमा कुवेतलाई आठ विकेटले पराजित गरे पनि सन् २०२० को अन्डर १९ विश्वकपमा छनौट हुन असफल भएको छ ।

वर्षाले प्रभावित खेलमा डकवर्थ लेविसको आधारमा युएईविरुद्ध एक रनको हार नै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बन्यो ।

अर्को खेलमा युएईले ओमानमाथि १० विकेटको जित हासिल गर्दै एसिया छनौटको समूहमा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनौट हुन सफल रह्यो ।

५ खेलपछि युएईले पाँचै खेलमा जीत निकाल्दै १० अंक बटुल्यो भने नेपाल भने ४ मा जीत र १ मा हार बेहोर्दै ८ अंका सिमित रह्यो ।

आफ्नो अन्तिम खेलमा नेपालले जीतका लागि १५८ रनको लक्ष्य पाएको थियो । जसलाई नेपालले मात्र २८ ओभरमा २ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

नेपाललाई जीत दिलाउन रित गौतम र पवन शर्राफले आर्धशतकीय इनिङ खेले । गौतमले ६२ तथा शरार्फले ५३ रनको योगदान दिए । आसिफ शेखले ३३ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप