शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा बम विस्फोटः घाइते सैनिकलाई काठमाडौँ पठाइयो

बिहीबार, ०५ वैशाख २०७६, १६ : ०१
बिहीबार, ०५ वैशाख २०७६

पोखरा– नेत्रविक्रम चन्द्र विप्लव समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ । उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । 

विप्लव समूहले आज पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो ।

यसैबीच पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमल नजीकै शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम निष्क्रिय टोली सो स्थलमा पुगेर निष्क्रिय गर्ने तयारीमा जुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप