शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै ज्ञापनपत्र

बिहीबार, ०५ वैशाख २०७६, १६ : २६
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ– पत्रकार अर्जुन गिरीलाई बिधुतीय कारोबार ऐन लागएर मुद्दा लगाएको बिरोधमा नेपाल पत्रकार महासंघले सञ्चारमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली बिहीबार सिंहदरवार पुगेर सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटालाई ध्यानाकर्षण गराएको हो ।

महासंघले बिहीबारै पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप