मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनको प्रतिष्ठित कम्पनी रोका नेपालमाः बाथरुम सामाग्रीको विक्री सुरु

बिहीबार, ०५ वैशाख २०७६, १६ : ३८
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं–बाथरुम सामग्रीहरुको बजारमा विश्वव्यापी रुपमै अग्रणी ब्रान्ड रोका ग्रुपले नेपाली बजारमा आफनो व्यापारलाई विस्तार गरेको छ ।

बजार विस्तारका क्रममा रोका ग्रुपले काठमाडौं, पोखरा र बुटवलमा चार वटा सोरुमहरु खोलेको छ । व्यापारमैत्री स्कीमसँगै कम्पनीले नयाँ नयाँ उत्पादनहरु नेपाली बजारमा ल्याउने योजना बनाएको छ । रोका र पेरीवेयरका चार वटै सोरुमहरु यस कम्पनीका प्रवन्ध निर्देशक केइ रंगनाथले उद्घाटन गरेका छन् ।

यी सोरुममा पेरीवेयरका प्रिमियम बाथरुम सामाग्रीहरु र रोकाका विश्वव्यापी स्तरका बाथरुम सामाग्रीहरु राखिएका छन् । रोका ग्रुपको पेरीवेयर भारतको नम्बर एक सेनेटरी वेयरको व्राण्ड हो । बजारको आवश्यकतालाई ध्यानमा राख्दै यी सोरुमहरुमा दुवै ब्रान्डका बेसीन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम फर्निचर लगायतका सामग्रीहरु उपलब्ध छन् ।

कम्पनीले विश्वव्यापी स्तरका वाथरुम सामग्रीको नयाँ रेन्जहरु कार्मेन, वियोण्ड र इनसिग्निया समेत भित्र्याउने क्रममा रहेको छ ।

सोरुमको उद्घाटन गर्दै रोका बाथरुपम प्रडक्टका प्रवन्ध निर्देशक केइ रंगनाथले भने, “तीब्र रुपमा बिस्तार भइरहेको नेपाली बजारमा उत्कृत्ट बाथरुम सामग्रीहरु भित्र्याउन कुनै कसर बाँकी राख्ने छैनौं । रोकाको उत्कृष्ट उत्पादनहरुको रुपमा रहेका फाइन सेरामीक, सुप्रलिट र सर्फेक्स जस्ता सामग्रीहरु हामी नेपाली बजारमा ल्याउने छौं । यसले बाथरुम प्रतिको सोच र रुचीलाई पुर्न परिभाषित गर्ने छ ।” 

रोका ग्रुपले वाटर क्लोसेट  धाराहरु र सिंगल पीस ट्वाइलेटको प्रडक्टसमेत भित्राउने लक्ष्य लिएको बताएको छ । नेपालको उत्कृष्ट शहरभित्र पर्न सफल २५० डिलर र रिटेलरको सन्जाल रहेको रोकाले भविष्यमा अझै संचनात्मक सोलुसनहरु निकाल्ने छ । 

पेरीवेयर 

पेरीवेयर बाथरुम सामग्री उत्पादक गर्ने अग्रणी भारतीय कम्पनी हो । रोका इन्डियाको फ्ल्यागसीप ब्रान्डको रुपमा यो रहेको छ । रोका ग्रुप स्पेनको ठुलो र प्रतिष्ठित कम्पनी हो । रोकाको क्रान्तिकारी आर एन्ड डी प्रविधी, विज्ञता र पेरीवेयर माथि ग्राहकको विश्वासका कारण नै यसको भारतीय बजार सबल हुँदै गइरहेको छ ।

६० वर्षको इतिहास बोकेको पेरीवेयर भारतको अग्रणी ब्रान्डको रुपमा रहेको छ । नयाँ जीवनशैलाी सँग मेल खान र सधै फेसनमा रहने ब्रान्डको रुपमा पेरीवेयर नयाँ नयाँ उत्पादनका साथ बजारमा आइरहेको छ । हाल यसको वितरण सन्जालमा भारतमा मात्र ७ हजार ८ सय भन्दा बढि वितरक र रिटेलरहरु रहेका छन् ।

रोका

बाथरुम सामाग्रीको क्षेत्रमा डिजाइन, उत्पादन र बजारीकरण गर्ने कार्यमा रोका संलग्न छ । साथसाथै आर्किटेक्ट तथा इन्टेरियर डिजाइनको क्षेत्रमा सेरामिक फ्लोर, टायल र वालटायलहरु  पनि रोकाका उत्पादनहरुमा संलग्न रहेका छन् ।

सन् १९१७ मा बार्सिलोनाबाट रोका परिवारबाट सुरु भएको यस कम्पनीसँग आज ७८ वटा प्रोडक्सन प्लान्ट छन् भने २२,६०० पेशाकर्मीहरु आवद्ध छन् । पाँच महादेशका १७० बजारमा यसले आफ्नो बजार विस्तार गरिसकेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप