स्थानीय इतिहास र वर्तमान समेटिएको पाठ्यक्रम तयार
गुल्मी–‘नेपाल एकिकरणपूर्व धुर्कोटका पहिलो राजा को थिए ? उत्तर–खड्गराज मल्ल । कति सालमा कसलाई हराएर उनले राज गरेका थिए ? उत्तर–१४६५ सालअघि मगर वंशजका जड्हया राजालाई हराएर खड्गराज मल्लले राज गर्न सुरु गरेका थिए ।
उनीपछिका राजा को हुन ? उत्तर–मणिक मल्ल । धुर्कोटका अन्तिम राजा को थिए ? उत्तर–भुपेन्द्र मल्ल । मल्ल वंशका राजा कहाँबाट र कोको लिएर आएका थिए ? उत्तर–जुम्लाबाट शिकार खेल्दै रतन पाण्डे, मैते धामी, टोटे ढोली, धनविरे कुमाल , लाम्चे कामी, गधले गायन, पिरु मिजार, भण्डारी र अहिले धुर्कोटमा भएका सबै जातजाती लिएर आएका थिए ।
यी र यस्तै आफ्नै गाउँको ईतिहास, वर्तमान र भविश्य समेटेर गुल्मी जिल्लामै पहिलो पटक सामाजिक विषयवस्तुमा आधारित पाठ्यक्रम तयार पारेको छ गुल्मीको धुर्कोट गाउँपालिकाले । स्थानीय सामाजिक विषयवस्तुमा आधारित कक्षा १ देखि कक्षा ५ सम्मको सामाजिक विषयको पाठ्यक्रम तयार पारि पाठ्यपुस्तक छपाई गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीराम पन्थीले बताए । यसै शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीहरुलाई पठनपाठन सुरु गर्न लागेको धुर्कोटका शिक्षा अधिकृत मधु घिमिरेले बताए ।
घिमिरेले प्रदेश पाँचमा स्थानीय विषयवस्तुमै पाठ्यपुस्तक निकाल्न लागेको धुर्कोट गाउँपालिका पहिलो भएको दावी गरे । उनले भने, ‘कक्षा १ देखि कक्षा ५ सम्म धुर्कोटमा यसै शैक्षिक सत्रदेखि पढाई सञ्चालन गरिन्छ । यसपटक अर्को बर्षलाई समेत स्टक राख्नेगरी ५ हजार पुस्तक निकाल्न लागेका छौं ।’
धुर्कोटको सामाजिक, राजनैतिक,धार्मिक ईतिहास, धुर्कोटकै विभुतीको चर्चा समेटिएको सामाजिक विषयको पाठ्यक्रमले नयाँ पिढीलाई ब्यवहारिक र प्रभावकारी शिक्षा दिन सहयोग पुग्ने धुर्कोट गाउँपालिकाका उपप्रमुख शिबहादुर केसीले बताए । ‘पाठ्यक्रम मात्र छपाई भइसकेको छ । पाठ्यपुस्तक छपाई हुदैछ ’उनले भने,‘आफ्नै वस्तुस्थित विद्यार्थीको मानसपटलमा घुस्ने भएकोले यो विषय आफैमा पनि ऐतिहासिक र ब्यबहारिक हुने कुरामा हामी विश्वस्त छौ’उनको भनाई छ ।
अहिलेको पिढीलाई आफ्नै गाउँठाउको ईतिहासर सिमाना समेत थाहा छैन गाउँपालिका प्रमुख पोखरेलले भने, ‘पहिलो कुरा त आफु, आफ्नो परिवार, छरछिमेक र गाउँपालिकाको परिचय, स्थानीय परम्परा, मुल्य मान्यता , शिष्टचार, र नैतिक शिक्षा संगै त्यही अनुरुपको ब्यवहारका लागि वालवालिकालाई तयार पार्नु पाठ्य पुस्तकको मुख्य उद्देश्य हो ’
छापिदै गरेको पाठ्यपुस्तकमा आफ्नो भुगोल,सामाजिक, आर्थिक, अवस्थाको वर्णन गरिएको छ । धुर्कोटको ईतिहास, स्थानिय कला संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको व्याख्या गर्नुका साथै छिमेकी स्थानीय तहको पनि परिचय गराएको छ । गाउँपालिकाले सम्पादन गर्ने काम र संघ संस्थाले उपलब्ध गराउने सेवाबारे पनि प्रशिक्षित गर्ने सामग्री पाठ्यपुस्तकमा समेटिएको छ ।
परम्परागत खेती र आधुनिक कृषि ब्यवसायीबाट हुने उत्पादनको फाईदा÷वेफाईदाबारे पनि पाठ्यपुस्तकमा समेटिएकोले विद्यार्थीहरु ब्यबहारिक शिक्षातर्फ आकर्षित हुने स्थानीय तहको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा