शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिगबाट बाहिरिएलगत्तै रोनाल्डोको क्बल युभेन्टसको शेयरमा २२ प्रतिशतको गिरावट

बिहीबार, ०५ वैशाख २०७६, १७ : ३४
बिहीबार, ०५ वैशाख २०७६

एजेन्सी । बुधबार विहान मिलान स्टक बजारमा रहेको इटालियन फुटबल क्लब युभेन्टसको शेयरमा २२% ले गिरावट आयो । यो गिरावट युभेन्टस च्याम्पियन लिगको क्वाटर–फाइनलमा पराजित भएपछि आएको थियो । 

युभेन्टस डच क्लब एजाक्स याम्सटरडमसँग हारेको थियो । टुरिनमा भएको खेलमा डच क्लबले युभेन्टसमाथि २–१ को अग्रता हासिल गरेको थियो । क्वाटर–फाइनलको दोस्रो प्रतिस्पर्धापछि एलाक्स ३–२ अकंतालिका सहित सेमिफाइनल पुगेको छ । 

क्बलको शेयरमा दिनको मध्यान्हमा केही सुधार आएको भए पनि शेयर बजार बन्द हुँदा युभेन्टसको शेयरमा १७.६% गिरावट आएको थियो ।  

युभेन्टसले इटालीको राष्ट्रिय लिगमा सबैभन्दा बढी पटक उपाधि हाँसिल गरेर इतिहास बनाएको छ । त्यस्तै उक्त क्लब पछिल्लो समय सन् २०१५ र सन् २०१७ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । 

सुपरस्टार रोनाल्डोको नेतृत्वमा स्टार खेलाडीहरुको बाहूल्य रहेको क्लबलाई धेरैले खेल समीक्षकहरुले च्याम्पियन लिगको हकदार मानेका थिए । तर उ  सिजनको सुरुमा कमजोर मानिएको एजाक्ससँग हार्यो । 

युभेन्टसले प्रतियोगिता जित्ने विश्वासकै कारण खेल सुरु हुनु अघि क्लबको शेयर यस वर्षकै उच्च १.७१ युरो पुगेको थियो । 

तर बुधबार उसको शेयरमा झण्डै एक चौथाईको ह्रास आयो । तीव्र गतिमा शेयरमूल्य घटेपछि एक पटक त कम्पनीको शेयरलाई सूचकांकबाटै हटाइएको थियो । 

अजाक्सको भने शेयर वृद्धि
युभेन्टसको शेयर मुल्यमा उच्च न्युनिकरण हुदाँ उसलाई हराउने एजाक्सको शेयर भने ९% ले बढेर उसको इतिहासकै सबैभन्दा उच्च १८.७० युरोमा बन्द भएको थियो । यो वृद्धिसँगै क्लबको मुल्याकंन ३४ करोड युरो भएको छ । 

च्याम्पियन्स लिग सुरुमा त्यति ठूलो दावेदार नमानिएको एजाक्स भने सन् १९९० को दशकपछि पहिलो पटक युरोपको यति ठूलो प्रतिस्पर्धाको अन्तिम चारमा पुगेको छ ।

च्याम्पियन्स लिग युरोपको सबैभन्दा ठूलो क्लब प्रतिस्पर्धा हो । युरोपेली फुटबलको प्रशासन हेर्ने निकाय यूएफाले प्रतिस्पर्धाको एक सिजनमा सहभागी सबै क्लबबीच झण्डै २ अर्ब युरो वितरण गर्ने गर्छ । क्वाटर–फाइनलमा मात्रै पुग्दा पनि क्लबले १.२ करोड युरो पाउछन् । 

उक्त प्रतियोगितमा सहभागीमात्रै हुदाँ पनि क्लबहरुको उलेख्य प्रचार हुने गर्छ । जस्तो ब्रिटिस क्लब म्यानचेस्टर सिटिले आफ्ना टी–सर्टको लागि पुमासँग ६० करोड पाउण्डको सम्झौता गरेको छ । अब उसको टीसर्टको विक्रिसमेत क्लबले च्याम्पियन लिगमा गर्ने प्रदर्शनको आधारमा निर्धारण हुनेछ । 

हालको शेयरमा आएको ¥हासपछि युभेन्टसको शेयर मार्च अघिकै अवस्थामा पुगेको छ । त्यो बेला रोनाल्डोले ह्याट्रिकले को सहायताले क्लब क्वाटर फाइनल पुगेको थियो । 

रोनाल्डोलाई यही सिजनको सुरुमा १० करोड युरोमा युभेन्टसले भित्राएको थियो । पाँच पटक आफू संलग्न क्लबलाई च्याम्पियन लिग जिताएका रोनाल्डो क्वाटर फाइनलको दोस्रो प्रतिस्पर्धामा एक गोल गरेको भए पनि उक्त गोल जितको लागि पर्याप्त भएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप