शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा वेवारिसे शव फेला

बिहीबार, ०५ वैशाख २०७६, १७ : ५८
बिहीबार, ०५ वैशाख २०७६

बुटवल । बिहिवार दाङको एक जंगलमा वेवारिसे शव फेला परेको छ । बबई गाउँपालिका–७ , कृष्णपुर सातपोखरीस्थित होरुङ सामुदायिक वनको जंगलमा नाम, थर र वतन खुल्न नसकेको शव फेला परेको हो ।

दाङका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहका अनुसार अन्दाजी वर्ष ६० का पुरुषको शव पोष्टमार्टम र पहिचानका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

करिब ५ फिट उचाई भएका उनी ब्राह्मण जस्तो देखिन्छन् । निलो खैरो सुईटर र पहेंलो ज्याकेट लगाएको शव रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप