बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउडमा ५ अभिनेत्री, जसलाई इन्टिमेन्ट दृश्य दिन भयो कठिन

बिहीबार, ०५ वैशाख २०७६, १८ : २१
बिहीबार, ०५ वैशाख २०७६

मुम्बई । अचेल बलिउड फिल्ममा अन्तरंग दृश्य हुनु सामान्य जस्तो भएको छ । दर्शकका लागि यस्ता दृश्य सामान्य लागे पनि यो छायाँकनको समयमा अभिनेत्री भने यस्ता दृश्य दिँदा पसिनै पसिना हुने गर्दछन् । 
अभिनेत्रीले मात्र हैन अभिनेताले पनि धेरैपटक यस्ता दृश्य दिँदा निकै कठिनाईको सामना गर्नुपरेको छ । आज ति अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जसले बोल्ड दृश्य दिन निकै कठिनाईको सामाना गर्नुपर्यो । 

प्रियंका चोपडा 
बलिउडदेखि हलिउडसम्म छाउन सफल प्रियंकाले पनि अमेरिकी टिभी सिरियल ‘क्वान्टीको’मा एफबिआई एजेनट एलेक्स प्यारिसको भूमिका निर्वाह गरेकी थिइन् । सिरिज प्रमोसनका क्रममा प्रियंकाले बताएकी थिइन् कि – यसमा हिरोका साथ इन्टिमेन्ट दृश्य दिन निकै कठिन भएको थियो ।

सन्नी लियोनी 
‘रागिनी एमएमएस २’ दौरानमा सन्नी लियोनीले सावर सिन छायाँकनको समय बेहद असहज महसुस गरेकी थिइन् । निकै कठिनपूर्वक उनले यि सिन छायाँकन गरेकी थिइन् । 

ऐश्वर्या 
फिल्म ‘ऐ दिल है मुश्किल’मा ऐश्वर्या रायले रणवीर कपुरका साथ इन्टिमेन्ट दृश्य निकै कठिननाईका साथ दिएकी थिइन् । यो समय ऐश्वर्याले रणवीरलाई सम्झेकी थिइन् । तर रणवीरको हात कापेको कारण उक्त दृश्य छायाँकनमा धेरै समय लागेको थियो । 

जरीन खान 
बलिउडकी हट अभिनेत्रीमध्ये एक जरिन खानले ‘फिल्म हेट स्टोरी ३’मा निकै बोल्ड दृश्य दिएकी थिइन् । एक अन्तवार्तामा उनले उक्त बोल्ड दृश्यका कारण आफूले निकै दुःखको सामना गरेको बताएकी थिइन् । जुन दृश्य दिन उनलाई एक साथीले निकै हिम्मत दिएकी थिइन् ।

मल्लिका शेरावत
बोल्ड सिनका लागि चिनिएकी अभिनेत्री मल्लिका शेरावतले पनि फिल्म ‘डर्टी पोलिटिक्स’मा अभिनेता ओम पुरीका साथ निकै हट सिन दिएकी थिइन् । उक्त दृश्य छायाँकन समयमा उनी पसिनैपसिना भएकी थिइन् । तर ओमपुरीले निकै सम्झाएका कारण सहज महसुस भयो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप