शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समिरले किन भने पुजना र सन्सरीलाई ‘घुम्न जाउँ पोखरा’ ?

बिहीबार, ०५ वैशाख २०७६, १८ : ३७
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं – गायक भरत परियार र पूर्णकला बिसीको नयाँ लोक तथा दोहोरी गीत ‘घुम्न जाउँ पोखरा’ सार्वजनिक भएको छ । 

आकर्षक भिडियोसहित सार्वजनिक गीतलाई जनता म्यूजिकले आफ्नो युट्युबमार्फत बाहिर ल्याएको हो । 

भरत परियारकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा भने समिर खान, पुजना घिमिरे र सन्सरी परियारको अभिनय रहेको छ । 

थुप्रै कोरस समेत प्रयोग गरिएर निर्माण गीतमा मोडल समिरले पुजना र सन्सरीसँग रोमान्स गरेका छन् । 

गीतमा यात्रा एउटा ड्राइभरले युवतीलाई घुम्न जान गरेको आग्रह पनि छ । 

दीपक गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन रहेको भिडियो निसान एसकेले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप