शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

बिहीबार, ०५ वैशाख २०७६, १८ : ४०
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेड र ब्लु क्रस हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र ब्लु क्रस हस्पिटल बीच सम्झौता भएको हो ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ब्लु क्रस हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता–पत्र अनुसार ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दाे आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप