शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाटा मोटर्सको ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

बिहीबार, ०५ वैशाख २०७६, १८ : ४३
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको छ । 

प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याक लुब्रिकेन्ट्सको सहकार्यमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको टाटाले जनाएको छ । 

सार्क स्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए । 

सेवा सल्लाहकार तर्फ नेपालका उज्ज्वल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए ।

तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यसैगरी प्राविधिक वर्गमा नेपालका डेम बहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप