मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढ्यो

शुक्रबार, ०६ वैशाख २०७६, ०७ : ३८
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं – काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् । 

काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन । 

कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए । उनका अनुसार एक साताअगाडि ८र९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप