शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिगमा चेल्सी र आर्सनलको दबदबा

शुक्रबार, ०६ वैशाख २०७६, ०८ : १३
शुक्रबार, ०६ वैशाख २०७६

एजेन्सी – युरोपा लिग फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहिबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा इङ्लिस क्लब आर्सनल र चेल्सी तथा जर्मन क्लब फ्रान्कफर्ट र स्पेनिस क्लब भ्यालेन्सिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्सनलले इटालियन क्लब नापोलीलाई १–० गोलले हरायो । आर्सनल समग्रमा ३–० गोलको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा आर्सनल २–० गोलले विजयी भएको थियो 

अर्को खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई ४–३ गोलले हरायो । चेल्सी समग्रमा ५–३ गोलले विजयी भयो । पहिलो लेगमा चेल्सीले १–० गोलको जित निकालेको थियो । घरेलु मैदानमा आर्सनललाई रोक्न बल पोसेसनमा पकट जमाएपनि नापोलील्े गोल फर्काउन सकेन ।

चेल्लीको मैदानमा सात गोल भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेजले दुई गोल गरे । रोड्रिग्वेजले पाँचौं र २७औं मिनेटमा दुई गोल गरेका थिए । ओलिभर गिरोडले १७औं मिनेटमा एक गोल गरेका थिए । सबै गोल पहिलो हाफका गरेको चेल्सीले एक गोल उपहार पाएको थियो ।

नवौं मिनेटमा बल बचाउने क्रममा स्लाभिया प्रागका सिमोन डेलको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । स्लाभिया प्रागका लागि पिटर सेभसिकले ५१औं र ५४औं मिनेटमा दुई गोल गरे । यसअघि २६औं मिनेटमा थोमस सोउसेकले एक गोल गरेका थिए ।

यसैगरी अर्काे खेलमा फ्रान्कफर्टले पोर्चुगिज क्लब बेन्फिकालाई २–० गोलले हरायो । खेल समग्रमा ४–४ गोलको बराबरी भएपनि फ्रान्कफर्टले अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनाएको हो । फ्रान्कफर्टको जितमा फिलिप कोस्टिकले ३६औं र सेवास्टियन रोडेले ६७औं मिनेटमा गोल गरे ।

अर्काे खेलमा भ्यालेन्सियाले स्पेनिस प्रतिद्वन्द्वी भिल्लारियाललाई २–० गोलले हरायो । भ्यालेन्सियाल समग्रमा ५–१ गोलको जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा म्यालेन्सिया ३–१ गोलले विजयी भएको थियो । घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन टोनी लाटोले १३औं र डानियल परेजोले ५४औं मिनेटमा गोल गरेका थिए । सेमिफाइनलमा चेल्सी र फ्रान्कफर्ट तथा आर्सनल र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेल आगामी मे ३ तारिखमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप