बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुम्बईसँग हार्‍यो सन्दीपको दिल्ली

शुक्रबार, ०६ वैशाख २०७६, ०८ : २४
शुक्रबार, ०६ वैशाख २०७६

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा मुम्बईले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ४० रनले हरायो । यस खेलमा दिल्लीले सन्दीपलाई खेलाएन ।

एक सय ६९ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २८ रन मात्र बनायो । दिल्लीका लागि ओपनर शिखर धवनले ३५ रन बनाए । अक्षर पटेलले २६, पृथ्वी शले २० र क्रिस मोरिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

बलिङमा मुम्बईका युवा लेग स्पिनर राहुल चाहरले तीन विकेट लिए । जसप्रित बुमराहले दुई तथा लाथिस मलिङ्गा, कुर्नाल पाण्ड्या र हार्दिक पाण्ड्याले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेटको क्षतिमा  एक सय ६८ रन बनाएको थियो । मुम्बईका लागि कुर्नाल पाण्ड्याले अविजित ३७ रन बनाए । क्वीनटन डी ककले ३५, हार्दिक पाण्ड्याले ३२, कप्तान रोहित शर्माले ३० र सुर्य कुमार यादवले २६ रन बनाए ।

बलिङमा दिल्लीका कागिसो रावडाले दुई विकेट लिए । अमित मिश्रा र अक्षर पटेल एक एक विकेट झारेका थिए । जितसँगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले नौ खेलबाट १२ अंक बनाएको छ । १० अंक बनाएको दिल्ली तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सको १४ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप