शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर दुई जनाको मृत्यु, २ घाइते

शुक्रबार, ०६ वैशाख २०७६, १६ : २४
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । 

साथै करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको आफ्नै घरको विद्युतको मिटरमा तार जोडने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान मृत्यु भएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप