शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा सिन्धुपाल्चोक जिल्लामा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण

शुक्रबार, ०६ वैशाख २०७६, १६ : २६
शुक्रबार, ०६ वैशाख २०७६

भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ । 

गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले बिहीबार उक्त भवनको उद्घाटन गरे ।

उक्त उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले विशेष अतिथिका रुपमा सहभागीता जनाए ।   

गुम्बा पुनर्निर्माणका अतिरिक्त नेरु. १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण भएको छ ।

वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।  

लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप