शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु

शुक्रबार, ०६ वैशाख २०७६, १६ : ४८
शुक्रबार, ०६ वैशाख २०७६

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । 

स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् ।

प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप