शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ ललितपुरबाट सुरु

शुक्रबार, ०६ वैशाख २०७६, १६ : ५९
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ । सरकारले कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले शुक्रबार ललितपुरमा एक कार्यक्रमबीच सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख र सल्यान गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य त्यहाँका विपन्न वर्गको खाद्य सुरक्षा गर्नु रहेको कार्यक्रमका संयोजक राजेन्द्र भारीले बताए । 

नेपाल सरकार, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, स्वीस विकास नियोगको गरी कूल ६८ मिलियन यूस डलर बजेटमा सञ्चालन हुने सो कार्यक्रमको अवधि ६ वर्षको रहेको छ ।

कार्यक्रममा मन्त्री खनालले ३५ हजार विपन्न वर्गको घरधुरीलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउने गरी सुरु गरिएको सो कार्यक्रम लक्षित समूदायसँग पु¥याउने चुनौतिको कामना गरेर अघि बढन सरोकारवाला सबै निकायलाई सचेत गराए । 

उनले नेपालमा भोकमरी नभएको उल्लेख गर्दै षोषणयुक्त खाद्यन्नको अभाव नहुने गरी सो कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

सरकारले यस अघि  पनि कर्णाली प्रदेशका ती जिल्लाहरुमा कृषि क्षेत्र विकास कार्यक्रम संचालन गरिसकेको छ । तर सो कार्यक्रम लक्षित समूदायमा नपुगेको उल्लेख गर्दै मन्त्री खनालले अवको कार्यक्रम भने लक्षित समूदायको हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप