मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव कार्यकर्ता भन्दै साहित्यकार पक्राउको विरोधमा साहित्यकारहरु

शुक्रबार, ०६ वैशाख २०७६, १७ : १७
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ – साहित्यकारहरुले ‘अभिव्यक्ति स्वतन्त्रताका लागि नागरिकहरु’ विरोध  कार्यक्रम सम्पन्न गरेका छन् । रसुवाली कवि (ठाकुरप्रसाद तिमिल्सिना)लाई प्रहरीले विप्लवको कार्यकर्ता भएको आरोपमा प्रक्राउ गरेपछि साहित्यकारहरुले विरोध गरेका हुन्  ।

शुक्रबार मण्डला थिएटरमा विरोध कार्यक्रममा बोल्दै लेखक आहुतिले अभिव्यक्ति स्वतन्त्रता र त्यसको दार्शनिकीलाई पुर्नपरिभाषित गर्नुपर्ने औंल्याएका छन् । 

उनले भने, ‘मानिसका सातवटा आवश्यकता हुन्छन् भनेर मानव शास्त्रमा परिभाषित गरिएको छ । अक्सिजन, पानी , खाना, बास, पोषक, शिक्षा र स्वास्थ्य । तर, मेरो अध्ययनमा अभिव्यक्तिलाई छुटाएर मानिस हुँदैन र त्यसकारण आफ्नो सिर्जनात्मक अभिव्यक्ति राख्ने कुरा चौथो मानिसको आवश्यकताभित्र पर्छ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै लेखक राजन मुकारुङले हाम्रो आन्दोलन सेल्फी खिच्ने आन्दोलन भइरहेको र सत्ता निकट भएर लाभ लिन खोजेको आरोप लगाए । 

कार्यक्रममा बोल्दै लेखक युग पाठकले अभिव्यक्ति  स्वतन्त्रता जस्तो आधारभूत अधिकारको विषयमा  कुरा गर्न भेला हुनुपरेकोमा दुःख व्यक्त गर्दै सरकारको आलोचना गरे ।  

उनले अगाडि भने, ‘कुरा रसुवाली कविको गिरफ्तारीको मात्र छैन । कुरा सामाजिक सञ्जाललाई अङ्कुस लगाउने पनि  हो । सामाजिक सञ्जाल सबैभन्दा बढी दुरुपयोग कसैले गरेको थियो भने यहि सरकारमा बस्ने मानिसले गरेका थिए । जसले चुनाव जित्ने बेलामा आफ्नो विरोधी, विपक्ष र आलोचकलाई खुइल्याउनको लागि सामाजिक सञ्जालको व्यापक प्रयोग गरेका थिए ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप