शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

शुक्रबार, ०६ वैशाख २०७६, १७ : ५१
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।

बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप