शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका २ केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

शुक्रबार, ०६ वैशाख २०७६, १७ : ५७
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ– प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई दाङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का असल र लालबहादुर ओली छन् ।

पार्टी स्रोतका अनुसार लालबहादुर स्थानीय नेता हुन् भने चुडामणि र चन्द्र बहादुर केन्द्रीय सदस्य हुन् । 

यसैवीच विप्लवको पार्टीका कपिलवस्तु जिल्ला सचिवालय सदस्यले राजीनामा दिएका छन् ।

कपिलबस्तु जिल्ला सचिवालय सदस्य कपिलबस्तु नगरपालिका–६ गोबरी निवासी जीत बहादुर यादवले पार्टीबाट राजीनामा दिएका हुन् । 

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका छन्  । पार्टी आफूलाई काम गर्न नसक्ने बताउदै घर बस्न भनेकाले आफू स्वतन्त्र रहन चाहेको  विज्ञिप्तीमा उल्लेख छ ।

विप्लव माओवादीविरुद्ध दिनदिनै सरकार र सुरक्षाकर्मी आक्रमक बन्न थालेपछि कार्यकर्ताहरुमा असुरक्षा बढेको महसुस गर्न थालेका छन् ।

जसका कारण अहिले पार्टी त्याग्ने कार्यकर्ताहरु बढ्न थालेका  बुझाई  धेरैको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप