शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता प्रक्रिया टुङ्ग्याउन छलफलमा जुटे ओली–प्रचण्ड

शुक्रबार, ०६ वैशाख २०७६, २१ : ३१
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी विविध विषयमा गहन छलफल भएको छ । 
    
आज बिहानैदेखि पार्टीका अध्यक्षद्वय पार्टी एकताको विषयलाई लिएर बालुवाटारमा गहन छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता प्रक्रियालाई तीन महीनाभित्र भदौ ३ गते सक्नुपर्ने भए तापनि लम्बिँदै जाँदा पार्टी कार्यकर्तामा निराशा बढ्दै गएको छ । झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसएिको हुनाले यही वैशाख ९ गतेसम्म सक्ने भनिएकाले नेताबीच गहन छलफल भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप