शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नख्खु बमकाण्डका आरोपी भुजेल फेरि समातिए

शुक्रबार, ०६ वैशाख २०७६, २२ : ०९
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ – नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेललाई रिहा गर्न  सर्वोच्च अदालतले आदेश दिएपनि फेरि पक्राउ परेका छन् । उनलाई अदालतको आदेशमा रिहा गरिएलगत्तै पुनः महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई के अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे चाहिँ खुलाइएको छैन । 
 न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको थियो । 

नेत्रविक्रम चन्द विप्लव  समूहका नेता भूजेललाई महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप